१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बुढानीलकण्ठमा फुटबल हुने

काठमाडौं – नेपाल खेलकुद महासंघ, बुढानीलकण्ठ नगर कमिटीको आयोजनामा दोस्रो मदन भण्डारी बुढानीलकण्ठ फुटबल कप असारको दोस्रो साता हुने भएको छ।

सोमबार आयोजक बुढानीलकण्ठ नगर कमिटीले पत्रकार सम्मेलन गरेर प्रतियोगिता असार ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगितामा १६ देखि २४ टिमले सहभागिता जनाउने आयोजक कमिटीका अध्यक्ष प्रज्वल थापाले जानकारी दिए।

नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिता बुढानिलकण्ठ नगरपालिकाको कपनस्थित ह्यान्डबल मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर र गोलकिपरलाई जनही ५ हजार प्रदान गरिने अयोजकले जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०७५ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App