२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री यादव जसपामा प्रवेश

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइ मन्त्री उमेशकुमार यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्। उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी केन्द्रीय कार्यालयमा खादामाला लगाएर पार्टी प्रवेश गराएका हुन्।

प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका यादवले जानकारी दिएका छन्। नेकपा किन परित्याग भन्ने नागरिकन्युजले गरेको प्रश्नमा उनले जवाफ दिए, 'त्यो कुरा नेकपा नेता मातृकाप्रसाद यादवलाई सोध्नुस्।'

उनी पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वका माओवादीबाट दोस्रो संविधान सभाको सदस्य रहँदा सिँचाइ मन्त्री बनेका थिए। अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र सप्तरी २ को २ बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका दिएका थिए।

उनलाई जनमत पार्टीका महेशप्रसाद यादवले पराजित गरेका थिए।

प्रकाशित: २२ पुस २०८२ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App