१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

एसीसी यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल सिंगापुरसँग भिड्दै

एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि नेपाल आज सिंगापुरसँग भिड्दै छ।

नेपाल यस प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो। यो खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा विहान पौने ८ बजेदेखि सुरु हुने छ।

यसैगरी सिंगापुर समूह चरणमा नेपालसँग पराजित भएको थियो। त्यसपछि सिंगापुरले पनि सबै खेलहरू जित्दै आएको छ।

नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो।

आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदै छ।

प्रकाशित: २१ असार २०८२ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App