नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार १२ औँ इन्टरनेसनल एथलेट्स फोरममा सहभागी हुने ओलम्पिक धाविका सन्तोषी श्रेष्ठलाई विदाइ गरेका हुन् ।
यो फोरम आगामी बुधबार र बिहीबार स्विट्जरल्यान्डको लुजेन सहरमा आयोजना हुँदैछ ।
विदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष अशोक बज्राचार्य, सचिव रामकृष्ण श्रेष्ठ बोस र कार्यकारी सचिव सुजनलाल श्रेष्ठको पनि उपस्थिति थियो ।
प्रकाशित: २६ जेष्ठ २०८२ १०:२० सोमबार