१७ माघ २०८२ शनिबार
image/svg+xml
खेल

काठमाडौं २५ किमी रेसमा जुलियस र सन्तोषी च्याम्पियन

नेपालकी धाविका सन्तोषी श्रेष्ठ र केन्याका जुलियस म्युरुकी शनिबार नेपाल हेरिटेज २५ किलोमिटर रेसको च्याम्पियन भएका छन्।

नेपालकी गोल्डेन धाविकाका रूपमा परिचित सन्तोषी महिलामा र केन्याका जुलियस पुरुषमा २५ किलोमिटर दूरीको रेसमा च्याम्पियन भएका हुन्। यी दुई विजेताले समान एक रूपैयाँ नगद पुरस्कार पाए। जुलियस म्युरुकीले एक घन्टा १६ मिनेट ४८ सेकन्डमा दूरी पार गरे। त्रिभुवन आर्मी क्लबका विनोद रोकाया दोस्रो भए। उनले एक घन्टा १७ मिनेट ११ सेकेन्डमा रेस पूरा गरे। एक घन्टा १८ मिनेट ५१ सेकेन्डको समयमा सुशील केसी तेस्रो भए। महिलामा विजेता सन्तोषीले सुरुदेखि अग्रता बनाएकी थिइन्। अन्ततः उनले एक घन्टा ३१ मिनेट ४३ सेकेन्डको उत्कृष्ट समय निकालिन्। त्रिभुवन आर्मीकी नीशा सार्की दोस्रो भइन्।

उनले एक घन्टा ३२ मिनेट ३१ सेकेन्डमा दूरी तय गरिन्। एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन्। उनले एक घन्टा ३८ मिनेट ९ सेकेन्डमा दूरी तय गरिन्। महिला र पुरुष दुवैतर्पm दोस्रोले ५० हजार र तेस्रो २५ हजार रूपैयाँ पुरस्कार प्राप्त गरे।

पाँच किलोमिटरअन्तर्गत यु–१८ पुरूषमा अजय पाण्डे क्षेत्री पहिलो भए। उनले १७ मिनेट १२ सेकेन्डमा दौड सकाए। १७ मिनेट ४४ सेकेन्डमा दूरी तय गरेका सन्दीप सेन्चुरी दोस्रो भए। अमृत विश्वकर्मा तेस्रो स्थानमा रहे। उनले १८ मिनेट १३ सेकेन्डको समय निकाले। यु–१८ महिलामा २१ मिनेट ४७.६६ सेकेन्डको समयमा अस्मिता भुजेल पहिलो भइन्।

भगवती खड्का दोस्रो र आयुष्मा आचार्य तेस्रो भए। भगवतीले २२ मिनेट २७.८७ सेकेन्डमा र आयुष्माले २३ मिनेट ३०.७८ सेकेन्ड समयमा रेस पूरा गरेका हुन्। पाँच किलोमिटर भेट्रान पुरुषमा धर्म महर्जन पहिलो भए। उनी १८ मिनेट ३१ मिनेट ३१. १५ सेकेन्डको समयसहित उपाधि जित्न सफल भए।

लेप्सङ तामाङ दोस्रो र रामचन्द्र श्रेष्ठ तेस्रो भए। पाँच किलोमिटर भेट्रान महिलामा २६ मिनेट १९.७९ सेकेन्डमा शर्मिला बस्नेतले पहिलो स्थान प्राप्त गरिन्। कल्पना महर्जन दोस्रो र केशरी थापामगर गुरुङ तेस्रो भए। कल्पनाले २२ मिनेट २७.८७ सेकेन्डमा र केशरीले २३ मिनेट ३०.७९ सेकेन्डमा दौड पूरा गरिन्।

पाँच किलोमिटर यु–१८ र भेट्रान दुवैतर्फको विजेताले १० हजार, दोस्रोले ६ हजार र तेस्रोले तीन हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे। २५ किलोमिटरको रेस दशरथ रंगशालाबाट सुरु भएर कुपण्डोल, पाटन कृष्ण मन्दिर, ग्वार्को, तीनकुने एयरपोर्ट, गौशाला, कालोपुल, कमलपोखरी, हात्तीसार, लैनचौर, स्वयम्भू ताहाचल, वसन्तपुर हुँदै दशरथ रंगशालामा नै आएर टुंगिएको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र एम्सका अध्यक्ष पाको बोराओलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए। 

प्रकाशित: २५ जेष्ठ २०८२ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App