फ्रान्सको पेरिसमा प्रहरी र पेरिस सेन्ट-जर्मेनका समर्थकहरूबिच झडप भएको छ। सो क्रममा प्रहरीले करिब ३ सय जनालाई पक्राउ गरेको छ।
पेरिस सेन्ट-जर्मेन (पीएसजी) का फ्यानहरू च्याम्पियन्स लिगको फाइनलमा विजयको उत्सव मनाइरहेका बेला झडपहरू भएको थियो।
पिएसजीको रंगशाला पार्क डेस प्रिन्सेस र च्याम्प्स-एलिसेस क्षेत्रमा ठूला स्क्रिनमा लगभग ५० हजार मानिसहरूले खेल हेरेका थिए। जितपछि केही मानिसहरूले पटाका पड्काए, बस स्टपहरू तोडफोड गरे र सवारी साधनहरूमा आगजनी समेत गरेका थिए।
प्रहरीले करिब ३ सय जनालाई पक्राउ गरेको बताएको छ। यीमध्ये धेरैजसो मानिसहरूलाई पटाका राखेको र तोडफोड गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उत्सवको समयमा सम्भावित अराजकतालाई ध्यानमा राख्दै पेरिसमा ५ हजार ४०० भन्दा बढी प्रहरी तैनाथ गरिएको थियो।
धेरै ठाउँमा प्रहरी र भीडबिच झडप भएको थियो। भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरिएको थियो।
पिएसजीले च्याम्पियन्स लिगको फाइनल जित्दै पहिलो पटक युरोपको सबैभन्दा ठूलो ट्रफी जितेको छ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पिएसजीलाई बधाई दिएका थिए। एजेन्सी
प्रकाशित: १८ जेष्ठ २०८२ १२:०८ आइतबार





