कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेका कैदीबन्दी र प्रहरी तालिम केन्द्र, जर्घा, नवलपरासीका सुरक्षाकर्मीबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर बिहीबार भएको खेलमा सुरक्षाकर्मीको टोली विजयी भएको छ । विजयी हुने खेलाडीले ६ हजार ५ सय रुपैयाँ बराबरको तीन वटा कुखुरा, नगद र जिन्सी पुरस्कार प्राप्त गर्यो ।
कारागार प्रशासक (जेलर) विकल श्रेष्ठले यस प्रकारका खेलकुदले सुरक्षाकर्मी र कैदीवन्दीबीच सौहार्दपूर्ण सम्बन्ध निर्माणमा सहयोग पुग्ने बताए । हाल नवलपरासी कारागारमा ४५८ पुरुष र ८७ महिला र आश्रित नाबालक ७ जना गरी कूल ५५२ जना कैदीबन्दी छन् ।
प्रकाशित: १५ जेष्ठ २०८२ १८:०० बिहीबार





