प्रिमियर लिगको उपाधि जितिसकेको लिभरपुल ब्राइटनसँग ३–२ ले पराजित भएको छ। ब्राइटनका यासिन अयारी, काओरु मिटोमा र ज्याक हिन्सेलउडले गोल गरे भने लिभरपुलका हार्भे एलिओट र डोमिनिक सोबोजलाईले गोल गरे। यो हार लिभरपुलको उपाधिपछि दोस्रो र समग्रमा चौथो हार हो।
एलिओटले नवौँ मिनेटमा अग्रता दिलाए पनि यासिनले ३२औँ मिनेटमा बराबरी गरे। सोबोजलाईले इन्जुरि टाइममा गोल गरे तर मिटोमाले ६९औँ मिनेटमा बराबरी र ज्याकले ८५औँ मिनेटमा निर्णायक गोल गरे। जितसँगै ब्राइटन ५८ अंकसहित आठौँ स्थानमा उक्लिएको छ र अर्को सिजन युइएफए कन्फेरेन्स लिग खेल्ने सम्भावना कायम राखेको छ।
प्रकाशित: ६ जेष्ठ २०८२ १०:४६ मंगलबार