फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी रहेको केप भर्डे नकआउट चरणमा पुग्न सफल भएको छ।
समूह ‘एच’मा अपराजित रहँदै केप भर्डे उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो। यो समूहबाट ७ अंक बटुल्दै स्पेन समूह विजेता बनेको छ।
हस्टन स्टेडियममा शनिबार सम्पन्न अन्तिम खेलमा पनि केप भर्डेले साउदी अरेबियासँग बराबरीमा टुंग्याएको हो। यसअघि केप भर्डेले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो।
प्रकाशित: १३ असार २०८३ ०८:०१ शनिबार





