आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई ९ विकेटले हराएको छ। वर्षाले ५ ओभरमा छोट्याइएको खेलमा बहराइनको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
कविता कुँवरले १८ र सम्झना खड्काले १३ रन बनाए। बहराइनकी दिपिका रंगासिकाले ३४ रन जोडिन्। पहिलो खेल हङकङसँग वर्षाले रद्द भएको थियो। नेपालले मंगलबार हङकङसँग खेल्नेछ।
प्रकाशित: २७ वैशाख २०८२ ११:३७ शनिबार