३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८२ सुरु भएको छ । 

नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा जङ्गी अड्डामा एक कार्यक्रमबीच बलाधिकृत रथी निर्मल कुमार थापाले तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको सुरुवात गरेका  हुन् । 

प्रतियोगितामा विभिन्न ९ वटा क्लबका १५ महिलासहित १९६ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा खुल्ला तथा भेट्रान्सतर्फ विभिन्न १२ वटा विधाका खेलहरू समावेश गरिएको छ। 

प्रतियोगिता वैशाख २८ गतेसम्म जङ्गी अड्‍डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने जङ्गी अड्डाले जनाएको छ । 

प्रकाशित: २१ वैशाख २०८२ १८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App