२६ वैशाख २०८३ शनिबार
image/svg+xml
खेल

पिटर र गियोङ्गमिनलाई ट्रायथलन उपाधि

अस्ट्रियाका पिटर लुफतेन्सटेनर र कोरियाकी गियोङ्गमिन पार्कले एसिया कप ट्रायथलन कप तथा दक्षिण एसियाली च्याम्पियनसिपको उपाधि जितेका छन्।

नेपाल ट्रायथलन संघको आयोजनामा शनिबार पोखरामा सम्पन्न च्याम्पियनसिपमा पुरुषतर्फ अस्ट्रियाका पिटर र महिलामा कोरियाकी पार्कले उपाधि जितेका हुन्। पोखराको फेवा लेकमा भएको प्रतियोगितामा पिटरले ७५० मिटर पौडी, २० किमी साइक्लिङ र पाँच किमी दौड ५३ मिनेट ४५ सेकेन्डमा पूरा गरे।

पिटरले उपाधिका साथ पदक र नगद ६ सय ३० डलर प्राप्त गरे। इजरायलका इतामर लेभाननले ५३ मिनेट ५९ सेकेन्ड समयका साथ दोस्रो भए। उनले पदक र ५२५ डलर प्राप्त गरे। तेस्रो स्थानमा जापानका तेपी तोकुयामाले सफलता पाए। उनले ५४ मिनेट २ सेकेन्ड समय निकाले। उनले पदक र ४२० डलर प्राप्त गरे।

कोरियाका तेगी किम चौथो स्थानमा रहे। उनले ३१५ डलर पाए। पाँचौं स्थानमा जापानका तुया कोबायासीले नगद २१० डलर प्राप्त गरे। महिलामा पार्कले समान दूरी एक घण्टा ४१ सेकेन्डमा पूरा गरिन्। उनले पदकका साथ नगद ६३० डलर प्राप्त गरिन्। १ घण्टा १ मिनेट ५३ सेकेन्ड समयका साथ जापानकी काने ताकेनाका दोस्रो भइन्।

उनले पदकसहित ५२५ डलर पाइन्। १ घण्टा २ मिनेट ९ सेकेन्ड समयका साथ जापानकी मिनोरी इकेनो तेस्रो भइन्। उनले पदकका साथ ४२० डलर प्राप्त गरिन्। चौथो स्थानमा जापानकी इकुमी सेतो र पाँचौं स्थानमा उज्बेकिस्तानकी अलिना खाकी मोभा रहे। उनीहरूले क्रमशः ५१५ र २१० डलर प्राप्त गरे। दक्षिण एसियाली च्याम्पियन भारतले एकाधिकार जमायो।

नेपालसहित भारत र बंगलादेशको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्पm भारतका सरुङ्गबाम अथोबा मेती पहिलो भए। उनले ५८ मिनेट १५ सेकेन्ड समय निकाले। भारतकै पर्थ मिराजले १ घण्टा ३ मिनट २ सेकेन्ड समयका साथ दोस्रो स्थान हात पारे। महिलातर्फ पनि भारतल नै कब्जा गर्‍यो।

एक घण्टा चार मिनेट ३३ सेकेन्ड समयका साथ डोल्ली देविदास पाटिल पहिलो भइन्। दोस्रो स्थानमा भारतकै मानसी मोहित रहिन्। उनले १ घण्टा ६ मिनेट ४२ सेकेन्ड समयको दूरी पार गरिन्। जुनियरतर्पm पनि भारतका श्रीदथ सुदीरले एक घण्टा ६ मिनेट पाँच सेकेन्ड समयका साथ उपाधि जिते।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कृत गरे। प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, जापान, कोरिया, इजरायल, अस्ट्रिया, उज्बेकिस्तान, इस्टोनिया र पोटोरिकोका गरी पुरुषमा ३० र महिलामा १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

नेपाल ट्रायथलन संघले कोभिड महामारीका समयबाहेक सन् २०१२ देखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप र सन् २०१९ देखि एसिया ट्रायथलन कप निरन्तर आयोजना गर्दै आइरहेको छ। एसिया कपमा भने योसहित पाँचौं संस्करण हो।

प्रकाशित: १४ वैशाख २०८२ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App