८ वैशाख २०८२ सोमबार
image/svg+xml
खेल

आईपीएल २०२५ : पञ्जाब र कोलकाताबीच आज रोमाञ्चक भिडन्त

आईपीएल २०२५ को ३१ औं खेलमा आज पञ्जाब किंग्स (पीबीकेएस) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच रोमाञ्चक खेल हुने भएको छ। 

पञ्जाबको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा साँझ ७:४५ बजे प्रतिस्पर्धा हुँदैछ। यो सिजनमा यी दुई टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन्। 

डिफेन्डिङ च्याम्पियन कोलकाताले ६ खेलमा ३ जित र ३ हारसहित यो सातौं खेल खेल्दैछ। उता, पञ्जाबले ५ खेलमा ३ जित र २ हारसहित छैटौं खेलमा उत्रिनेछ। हेड टु हेडमा कोलकाताको दबदबा छ, जहाँ ३३ खेलमा केकेआरले २१ र पीबीकेएसले १२ खेल जितेका छन्। 

तर, पछिल्ला ५ खेलमा पञ्जाबले ३ जितसहित केही अग्रता बनाएको छ। आजको खेलमा दुवै टोली जितका लागि कडा मेहनत गर्नेछन्। 

प्रकाशित: २ वैशाख २०८२ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App