इण्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार गुजरात टाइटन्स र राजस्थान रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे अहमदावादमा सुरु हुनेछ ।
गुजरात सुभमन गिल र राजस्थान सन्जु मामसङको कप्तानीमा मैदान उत्रनेछन् ।
आफ्नो पहिलो खेलमा पञ्जाव किङ्ससँग पराजित भएको गुजरातले सोपछिका तीनै खेलमा जित निकालेको छ । चार खेलबाट ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको गुजरात बुधबार पनि जितलाई निरन्तरता दिँदै शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ ।
अघिल्ला दुई खेलमा पराजित भएको राजस्थान पनि लयमा फर्केँदैछ । पछिल्ला दुई खेलमा जित निकालेको राहुल द्रविडको राजस्थान ४ अंकमा सातौं स्थानमा छ । आजको खेलमा जित निकाल्न सके उसले पनि शीर्ष स्थानको देल्ली क्यापिटल्ससहित गुजरात, रोएल च्यालेन्जर्स बेंगलुरु, पञ्जाव किङ्स र लखनउ सुपर जाइन्ट्ससँग अंक बराबरी गर्नेछ। सबैको ६ अंक छ ।
मंगलबारको खेलमा भने लखनउले कोलकाता नाइट राइडर्सलाई ४ रनले तगा पञ्जावले चेन्नई सुपर किङ्सलाई १८ रनले हराएका थिए ।
प्रकाशित: २७ चैत्र २०८१ १३:३९ बुधबार





