२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

म्यादी प्रहरीमा आवेदन दिने युवाको भिड

निर्वाचन लक्षित निर्वाचन प्रहरीको आवेदन लिने सुरु दिनदेखि नै जिल्ला प्रहरी कार्यालय तौलिहवामा आवेदन दिने युवाहरुको ठुलो भिड लागेको छ । आवेदन दिने शुक्रवार बिहान १० बजेदेखि सुरु हुने भनिए पनि बिहान ८ बजेदेखि नै आवेदन दिने युवा युवतीको ठुलो जमात देखिएको थियो । जिल्ला प्रहरी कार्यालय गेट बाहिर आवेदन दिनेहरुको ठुलो भिड लागेको थियो । भिडका कारण गेहट बाहिर दर्ता गर्न आवेदकलाई २ लाईन लगाइएको थियो । पहिलो दिन र अत्यधिक जाडो भएकाले आवेदन लिन केही ढिलाई भएको थियो । आवेदन लिन महिला र पुरुष गरी प्रहरी कार्यालय हाता भित्र दुई वटा डेस्क खडा गरिएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।  

आवेदकको भिडले साँझ ६ बजे सम्म पनि फारम दर्ता गरिएको उनले बताए । उनले आवेदकहरुको भिडलाई मध्यनजर गरी शनिबारदेखि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म आवेदन लिने गरी ब्यवस्था मिलाइएको उनले बताए ।  

‘सुरु दिन भएकाले केही ढिलो भयो, शनिबारदेखि आवेदन लिने कार्यलाई अझै ब्यवस्थित र सहज बनाउने  छौ ’ उनले भने । कपिलवस्तुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल २ हजार ९ सय ६८ जनाको माग गरिएको छ । जसमध्ये प्रहरी तर्फ २ हजार ६६८ र सशस्त्र तर्फ ३ सय ५० जना माग गरिएको छ । आवेदन दिने मिति पुस २५ देखि माघ १ गते सम्म तोकिएको छ । यसैबिच पहिलो दिन कुल २ सय ५० जनाको आवेदन दर्ता भएको प्रहरी नायब उपरिक्षक सिंहले बताए । जसमध्ये पुरुष १ सय ५९ र महिला ९१ रहेका छन र सशस्त्र प्रहरी तर्फ भने एक जनाको मात्र आवेदन दर्ता भएको छ ।   

प्रकाशित: २५ पुस २०८२ १८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App