काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको दुई दिने तेक्वान्दो पुम्से सेमिनार शुक्रबार सम्पन्न भएको छ। सातबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा उक्त पुम्से सेमिनार सम्पन्न भएको हो।
तेक्वान्दो हल सातदोबाटोमा भएको सेमिनारमा मुख्य प्रशिक्षक अन्तर्राष्ट्रिय रेफ्री नोर्बु लामा र सहायक प्रशिक्षक अस्मिता खड्काले प्रशिक्षण दिएका थिए। उक्त सेमिनारमा एक सय एक जना प्रशिक्षक सहभागी भएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले तेक्वान्दो पुम्से सेमिनारमा सहभागी खेलाडीलाई प्रमाणपत्र वितरण गरेका थिए।
प्रकाशित: २३ चैत्र २०८१ ०८:५५ शनिबार