२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml २:३१ पूर्वाह्न
खेल

सोमबारदेखि खुला टेबलटेनिस

दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबलटेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। जुनियरमा चार तथा भेट्रानमा तीन गरी सात स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक धर्ममान वज्राचार्यले जानकारी दिए।

जुनियरको यु–१५ तथा यु–१९ मा पुरुष/महिला सिंगल्समा खेल हुनेछ। भेट्रानमा ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि पुरुष सिंगल्स स्पर्धा समावेश छन्। करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको संयोजक धर्ममान वज्राचार्यले बताएका छन्। एक खेलाडीले एउटा मात्र इभेन्टमा प्रतिस्पर्धा गर्न पाउने भएका छन्।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन्। चैत २८ गतेसम्म चल्ने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ। बिहीबार नाम दर्ता गर्ने अन्तिम दिन रहेको छ।

प्रकाशित: २१ चैत्र २०८१ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App