१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ८:४१ पूर्वाह्न
खेल

पीएम कप : सुदूरपश्चिमविरुद्ध मधेशको रोमाञ्चक जित, विशालले लिए ६ विकेट

प्रधानमन्त्री (पीएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले तेस्रो जित निकालेको छ । सुदूरपश्चिम प्रदेशमाथि ४४ रनको रोमाञ्चक जित निकाल्दै मधेशले शीर्ष चार भित्र रहने सम्भावनालाई कायमै राखेको हो । उसको ८ खेलबाट ६ अंक भएको छ । सुदूरपश्चिमले ९ खेलमा ६ अंकका साथ पतियोगिता सकाएको छ ।

भैरहवाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा मंगलबार मधेशले दिएको १०३ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा मात्र ५८ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि हेमन्त धामीले सर्वाधिक १९ रन जोडे । अन्यले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न विशाल पटेलले मात्र ५ ओभरमा १७ रन खर्चिएर ६ विकेट लिए । प्रदिप पासवानले ३ र रुपेश सिंहले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको मधेश पनि ४२.३ ओभरमा १०२ रनमा अलआउट भएको थियो । प्रदीप पासवानले नटआउट २३ र पवन सर्राफले १९ रन बनाएका थिए । मधेशका ७ जना ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले समान ४ विकेट लिएका थिए ।

प्रकाशित: १२ चैत्र २०८१ १५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App