विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली यू-१९ क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतीय टोलीविरुद्ध जित निकालेको छ । वीरगञ्जमा मंगलबार भएको खेलमा यू-१९ टोलीले दिल्ली यू-१९ लाई ५ विकेटले पराजित गरेको हो । योसँगै नेपाली टोलीले ३ खेलको शृंखलामा १० को अग्रता बनाएको छ ।
दिल्लीले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा अमर मिश्रले २७ र रोशन विश्वकर्माले नटआउट २५ रन बनाए ।
दिल्लीका लागि अमन चौधरीले २ विकेट लिए ।
यसअघि टिबी साह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको दिल्ली २३.३ ओभरमा ९५ रनमा अलआउट भएको थियो ।
दिल्लीका लागि सार्थक पलले सर्वाधिक २९ रन जोडे । ४९ रन जोड्दा पहिलो विकेट गुमाएको दिल्लीले थप ४६ रन जोड्न १० विकेट खर्चेको थियो ।
नेपालले आफ्नो दोस्रो अभ्यास खेल बिहीवार खेल्नेछ ।
प्रकाशित: १२ चैत्र २०८१ १५:१६ मंगलबार