१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ८:१५ पूर्वाह्न
खेल

आइपिएल २०२५ : दिल्लीको लखनऊमाथि एक विकेटको रोमाञ्चक जित

'आज गुजरात र पञ्जाब भिड्दै'

आइपिएल २०२५ को चौथो खेलमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको छ। सोमबार भएको खेलमा लखनऊले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर २०९ रन बनायो। 

जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरको तेस्रो बलमा एक विकेट बाँकी रहँदा लक्ष्य भेट्टायो। दिल्लीका लागि आशुतोष शर्माले ३१ बलमा ६६ रनको अविजित इनिङ खेल्दै जितमा निर्णायक भूमिका खेले।

लखनऊका मिचेल मार्शले ७२ र निकोलस पूरनले ७५ रनको शानदार इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन्। 

दिल्लीको सुरुवात भने कमजोर रह्यो। टोलीले ७ रन बनाउँदा ३ विकेट गुमायो। तर, आशुतोष शर्माको ६६ रनको अविजित इनिङले दिल्लीले रोमाञ्चक जित निकाल्यो।

आज (मंगलबार) आइपिएलमा गुजरात टाइटन्स र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा बेलुका ७:४५ बजे (नेपाल समय) सुरु हुनेछ। दुवै टोलीले यो सिजनको आफ्नो पहिलो खेल खेल्न लागेका छन्।

प्रकाशित: १२ चैत्र २०८१ ०८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App