२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

पीएम कप: पुलिसको लगातार पाँचौ जित, ललितले लिए ६ विकेट

नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ।

सोमबार सिद्धार्थनगर क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायम राखेको हो।

पुलिसले दिएको १६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो।

सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ३२ र मिलन बोहोराले २३ रन जोडे। पुलिसका लागि ललितनारायण राजवंशीले ७ ओभरमा १६ रन खर्चिएर ६ विकेट लिए।

यसअघि ललितले एपिएफविरुद्ध ६ र मधेसविरुद्ध ५ विकेट लिएका थिए। सागर ढकालले २ र करण केसीले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १६० रनमा अलआउट भएको थियो। पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ र आरिफ शेखले ४० रन जोडे।

सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३, शेर मल्लले २ तथा हेमन्त धामीले १ विकेट लिए। पाँचौ जितसँगै पुलिस अङ्क तालिकाको शीर्ष स्थानमा यथावत् छ।

सुदूरपश्चिम ५ मध्ये ४ खेलमा पराजित हुँदै अङ्क तालिकाको पुछारमा छ।

प्रकाशित: ४ चैत्र २०८१ १५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App