दशरथ रंगशालामा जारी फोर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले किर्गिस्तानविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ।
नेपालका लागि खेलको ९औं मिनेटमा विमला चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाइन्। उनले सविता रानाको क्रसलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरिन्।

पहिलो हाफभरि नेपालले थप अवसर सिर्जना गरे पनि गोल गर्न भने असफल रह्यो। नेपालले किर्गिस्तानलाई पछिल्लो पटक सन् २०१८ मा ८-२ को फराकिलो अन्तरले पराजित गरेको थियो।
प्रतियोगितामा चार टोली सहभागी छन्। जसमा शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। तुलनात्मक रूपमा म्यानमार र लेबननलाई बलियो टिम मानिन्छ। जसका कारण नेपाललाई फाइनल यात्रा सुनिश्चित गर्न आजको खेल जित्न आवश्यक छ।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा म्यानमार र लेबनन आमनेसामने भएका थिए।
प्रकाशित: ५ फाल्गुन २०८१ १८:४९ सोमबार





