१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
बजार

गरिमा विकास बैंक “बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६” बाट सम्मानित

गरिमा विकास बैंक लिमिटेड “बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६” अवार्डबाट सम्मानित भएको छ। New Business Age Limited द्वारा शुक्रबार काठमाडौंमा आयोजित “NewBiz Conclave & Business Excellence Awards” को दशौं संस्करणमा विकास बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजक संस्थाको तर्फबाट विकास बैंकलाई उक्त सम्मान हस्तान्तरण गरिएको थियो। यस सम्मानले आफ्ना ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने बैंकको लक्ष्यमा थप उत्साह प्रदान गरेको बैंकले जनाएको छ।

यस सुखद अवसरमा बैंकले निरन्तर साथ, सहयोग तथा विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहक महानुभावहरू, शेयरधनीहरू, कर्मचारीहरू, नियामक निकायहरू तथा शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

यसअघि पनि बैंक Indian Chamber of Commerce द्वारा २०२५ अगस्ट २९ मा आयोजित “Emerging Asia Banking Awards” अन्तर्गत “The Best Bank / Best AI/ML Implementation” विधामा उत्कृष्टसहित “Best MSME Acceleration” विधामा रनर-अप बन्न सफल भएको थियो। साथै, Corporate Club Nepal ले २०२५ फेब्रुअरी २५ मा आयोजना गरेको कार्यक्रममा “HRM Awards for Corporate Excellence 2024” बाट समेत बैंक सम्मानित भइसकेको छ।

हाल Garima Bikas Bank Limited ले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: २८ वैशाख २०८३ २०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App