३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
बजार

बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ सुरु, नयाँ बाइक किन्दा एक लाखसम्म नगद छुट

नेपालका लागि बजाज अटो मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलाचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकलाई लक्षित गर्दै ‘बजाज ग्राण्ड एक्सचेन्ज कार्निभल’ सञ्चालनमा ल्याएको छ।

कम्पनीका अनुसार उक्त कार्निभल काठमाडौंको भृकुटीमण्डपमा वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म (मे ११ देखि मे १७, २०२६ सम्म) सञ्चालन हुनेछ।

कार्निभलमा सहभागी ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। कार्यक्रममा पुराना सवारीसाधनको मूल्याङ्कन २२ जना अनुभवी मूल्याङ्कनकर्तामार्फत गरिनेछ।

कम्पनीका अनुसार नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन्। साथै, सहज वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा निःशुल्क सेवा शुल्कजस्ता अतिरिक्त सुविधा पनि उपलब्ध गराइने बताइएको छ।

कम्पनीले यो कार्निभलमार्फत ग्राहकलाई पुरानो सवारीको उचित मूल्य दिलाउँदै नयाँ बजाज मोटरसाइकल खरिद गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने जनाएको छ।

प्रकाशित: २८ वैशाख २०८३ २०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App