२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

‘मिसन-२०२६’ का खेलाडीलाई उत्प्रेरणा

‘मिसन-२०२६’ अन्तर्गत विशेष तयारी प्रशिक्षणमा रहेका खेलाडीलाई लक्षित गरिएको उत्प्रेरणात्मक कार्यक्रम बुधबार सम्पन्न भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको आयोजनामा उक्त कार्यक्रम भएको हो। कार्यक्रममा विभिन्न नौ खेलका १०४ खेलाडी तथा प्रशिक्षक सहभागी थिए।

सहभागीलाई ३२, ३८ र ३४ जना गरी तीन समूहमा विभाजन गरी कक्षा सञ्चालन गरिएको थियो। सहभागीलाई हिमालराज दाहालले स्पोर्ट्स म्यान लाइफ, नवराज कँडेलले एप्रिसिएटिभ इन्जुरी, डा. भद्र हमालले स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सन र लक्ष्मण अधिकारीले फिजियोथेरापीसम्बन्धी ज्ञान दिएका थिए।

प्रकाशित: १ फाल्गुन २०८१ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App