१ चैत्र २०८१ शुक्रबार
image/svg+xml
खेल

सरिनालाई स्वर्ण

नेपालकी सरिना घलेले इङ्ल्यान्डमा भएको डब्लुएमएसी इङ्लिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन्। ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै सरिनाले स्वर्ण जितेकी हुन्। 

क्यानोकस्थित चेस लिजर सेन्टरमा भएको प्रतियोगिताको ट्रेडिसनल वेपन फम्र्समा सरिनाले स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सन्जितकुमार राईले जानकारी दिए। तेस्रो डान सरिनाले ९.१ अंक जोडिन्। 

इङल्यान्डकी एमिली जेन दोस्रो भइन्। करिब आठ सय खेलाडीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। अध्यक्ष राईका अनुसार सरिना विगत एक वर्षदेखि युकेमै अध्ययनरत छिन्।

प्रकाशित: २९ माघ २०८१ १०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App