१ चैत्र २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालका आयुर र दीक्षान्तलाई स्वर्ण

नेपालका आयुर ढकाल र दीक्षान्त लामिछानेले मलेसियामा भएको १२औं स्पिड पावर तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। मलेसियाको क्वालालम्पुरमा सम्पन्न च्याम्पियनसिपमा आयुर र दीक्षान्तको स्वर्णसहित नेपालले कुल सात पदक जित्यो। दुवै स्वर्ण नेपालले पुम्सेमा जितेको हो। 

आयुरले ९ देखि ११ वर्ष उमेरसमूहमा र दीक्षान्तले १२ वर्षमुनि उमेरसमूहमा स्वर्ण पदक जितेका हुन्। आयुरले झापाको मेची तेक्वान्दो डोजाङ र दीक्षान्तले हात्तीवन तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन्। नेपालले समान तीन रजत र कांस्य पदक पनि जित्यो। जेमोस मगरले एकल पुम्से ९ वर्षमुनि उमेरसमूहमा रजत पदक जितेका हुन्। उनी द सेलिब्रेसन को एडमा अध्ययन साथै तेक्वान्दो प्रशिक्षण गर्ने गर्छन्। 

नेपालका लागि अर्को रजत पदक रिप्सना घिमिरे ग्योरोगीमा महिला ४१ केजीमुनि दिलाएकी हुन्। ग्योरोगीमा नै सिनियर पुरुष ५८ केजी तौलसमूहमा राकेश सापकोटाले रजत पदक जिते। फाइटतर्फ नै असीम श्रेष्ठले ३७ केजीमुनि तौलसमूहमा कांस्य पदक जिते। लिरिक्स फुयाँलले ९ देखि ११ वर्ष उमेरसमूहको एकल पुम्सेमा कांस्य पदक जितेका हुन्। 

उक्त च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ, मुना खवास मगर र बब्लु सिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए। विजेता खेलाडी तथा अफिसियललाई मलेसियास्थित नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले सम्मान गरेको नेपाली टोलीका सदस्य विमल रोकायले जानकारी दिए। 

प्रकाशित: २९ माघ २०८१ १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App