२५ पुस २०८२ शुक्रबार
image/svg+xml
खेल

एन्फा महिला लिगको उपाधि ‘अपराजित एपीएफलाई’

एपीएफ क्लबले अपराजित रहँदै एन्फा महिला लिगको उपाधि उचालेको छ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ४-० ले पराजित गर्दै लिगको एपीएफले उपाधि आफ्नो बनाएको हो।

एपिएफका लागि सविता रानामगरले दुई गोलको योगदान दिइन्। सरु लिम्बू र अनु लामाले एक/एक गोल थपिन्।

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। तर, ६४ औं मिनेटमा सविताले पहिलो गोल गर्दै एपीएफलाई अग्रता दिलाइन्।

त्यसको छ मिनेटपछि सरु लिम्बूले अग्रता दोब्बर बनाइन्। ८४औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल गरिन्।

इन्जुरी समयमा वैकल्पिक खेलाडी अनु लामाले गोल गर्दै एपीएफको ४-० को जित सुनिश्चित गरिन्। ८७औं मिनेटमा मैदान प्रवेश गरेकी अनुले अन्तिम खेलमा गोल गर्दै घरेलु फुटबलबाट सन्यास लिइन्।

१९ खेलमध्ये १८ मा जित र १ बराबरी खेल्दै लिगभर एपीएफले सानदार प्रदर्शन गर्‍यो।

यो पनि पढ्नुहोस्

अन्तिम खेलमा गोल गर्दै अनुले लिइन् घरेलु फुटबलबाट सन्यास

प्रकाशित: १६ माघ २०८१ १६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App