३ माघ २०८२ शनिबार
image/svg+xml
खेल

अन्तिम खेलमा गोल गर्दै अनुले लिइन् घरेलु फुटबलबाट सन्यास

राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान अनु लामाले घरेलु फुटबलबाट सन्यास लिएकी छन्।

यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेकी उनले बुधबार एन्फा महिला लिगको अन्तिम खेलपछि फुटबल करिअरलाई पूर्णविराम लगाइन्।

३७ वर्षीया लामाले आफ्नो अन्तिम खेल एपीएफ क्लबका लागि खेलिन्। उनले नेपाल पुलिस क्लबलाई ४-० ले हराउँदै टोलीलाई उपाधि जिताउन योगदान दिइन्।

उनले इन्जुरी समयमा गोल गर्दै आफ्नो खेल जीवनको अन्तिम क्षणलाई सम्झनायोग्य बनाइन्।

नेपाली राष्ट्रिय टोलीका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेकी अनुको कीर्तिमानलाई पछि सावित्रा भण्डारीले तोडेकी थिइन्। लामाले सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेकी थिइन्।

सन्यासपछि उनले यू-१६ महिला टोलीको सहायक प्रशिक्षकको रूपमा भूमिका निभाएकी थिइन्। फाइनल खेलपछि एपीएफका खेलाडीहरूले उनलाई गार्ड अफ अनर प्रदान गर्दै सम्मानजनक बिदाइ दिएका थिए।

प्रकाशित: १६ माघ २०८१ १६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App