२८ माघ २०८२ बुधबार
image/svg+xml
खेल

राखेपको कार्यकारी सदस्यमा भट्टराई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य कमलबहादुर भट्टराई राखेप कार्यकारी समितिको सदस्यमा नियुक्त भएका छन्।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले शुक्रबार भट्टराईलाई सात सदस्यीय कार्यकारी समितिको सदस्यमा नियुक्त गरेका हुन्। भट्टराई गत पुस ९ गते मात्र राखेपको बोर्ड सदस्यमा नियुक्त भएका थिए। मन्त्री चौधरीले केही हप्ता नै नबित्दै उनलाई अर्को जिम्मेवारी दिएका हुन्।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा दफा १४ को उपदफा (१) बमोजिम खण्ड ‘ग’ बमोजिम मन्त्री चौधरीले भट्टराई उक्त जिम्मेवारी दिएका थिए। मन्त्री राखेपको बोर्डका अध्यक्ष हुन्। अध्यक्षले कम्तीमा एक महिला गरी दुई जना कार्यकारी सदस्य मनोनयन गर्न पाउने प्रावधान छ।

प्रकाशित: ६ माघ २०८१ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App