नेपाली कांग्रेसका सभापति गगन थापाले आम नागरिकले सरकारी सेवा लिँदा भोग्नुपरेको हैरानी अन्त्य गर्न डिजिटल शासन प्रणाली अपरिहार्य भएको बताएका छन्। कहिले लाइनमा घण्टौँ उभिनु पर्ने, कहिले फाइल एक कार्यालयबाट अर्को कार्यालय घुमिरहँदा काममा अनावश्यक ढिलाइ हुने अवस्थाले नागरिकलाई सरकारी सेवा लिन नै हैरानीको विषय बनेको थापाको भनाइ छ।
‘हामीलाई ‘मिनिमम गभरमेन्ट बडिज, म्याक्सिमम गभरनेन्स’ चाहिएको छ,’ थापाले सामाजिक सन्जालमा भनका छन्, ‘सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउन अब शासनको शैली र तरिका परिवर्तन गर्नैपर्छ।”
सभापति थापाका अनुसार ‘डिजिटल गभर्नेन्स’मार्फत सेवा प्रवाहको प्रक्रिया सुधार गरेर नागरिकले भोग्दै आएका समस्या हटाउन नेपाली कांग्रेस स्पष्ट रूपमा प्रतिबद्ध छ।
प्रकाशित: २८ माघ २०८२ ०८:२८ बुधबार





