मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ।
जनकपुरधामको हनुमानगढीबाट फाल्गुन शुक्लपक्ष प्रतिपदा तिधिबाट सुरु भएर फाल्गुन पूर्णिमासम्म सञ्चालन हुने मिथिला मध्यमा परिक्रमामा यसपटक लाखौँ तीर्थयात्री सहभागी भएका छन्। मिथिला मध्यमा परिक्रमामा १४ दिन सहभागी हुनेहरू अनिवार्य अन्तरगृह परिक्रमामा सहभागी हुने चलन छ।
परिक्रमा मार्गमा होलीका दहनका लागि बालिएको आगोको राख उडाउँदै बिहानदेखि भक्तजन अन्तरगृह परिक्रमामा सहभागी भएका थिए। परिक्रमाका तीर्थयात्रीहरूले नेपालका १०७ र भारतको २६ गरेर १३३ किलोमिटरको दूरी खाली खुट्टा यात्रा गर्ने गर्छन्।रासस
प्रकाशित: १९ फाल्गुन २०८२ १४:५३ मंगलबार





