पाँचथरको फिदिममा आगामी माघ ९ गतेदेखि भेट्रान्स गोल्डकप हुने भएको छ । फिदिम भेट्रान्स क्लवको आयोजनामा हुन लागेको प्रतियोगिता १२ गतेसम्म चल्ने फिदिममा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
अन्तर्राष्ट्रिय आमन्त्रित दोस्रो फिदिम भेट्रान्स गोल्डकप २०८१ मा भारतको एउटा सहित ८ टिमको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रोशनकुमार श्रेष्ठले जानकारी दिए ।
गोल्डकपमा आयोजक बाहेक युनाईटेड फ्रेन्ड्स क्लव बुङकुलुङ दार्जिलिङ, धरान भेट्रान्स सुनसरी, दुधे भेट्रान्स झापा, रेड स्टार भेट्रान्स झापा, गोरख भेट्रान्स इलाम, बौध भेट्रान्स पाँचथर र मोरङ भेट्रान्स मोरङ सहभागी हुने भएका छन् ।
फिदिम माविको मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । सोही मैदानमा पुसको ६ देखि १५ गतेसम्म फाल्गुनन्द गोल्डकप भएको थियो ।
करिव १९ लाख रुपैँया खर्च अनुमान गरिएको प्रतियोगितामा विजेताले नगद १ लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैँया पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रकाशित: २३ पुस २०८१ १८:४८ मंगलबार