एन्फा महिला लिगअन्तर्गतको सुपर लिगमा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा पुलिसले बागमती युथ क्लबलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गरेको हो । पुलिसको जितमा निरु थापा र पूजा रानाले गोल गरे ।
आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकालाई ५-० ले पराजित गरेको नेपाल पुलिसले दोस्रो खेलमा भने त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
बागमती भने पहिलो खेलमा आर्मी क्लबसँग २-० र दोस्रो खेलमा एपीएफसँग ५-१ गोलले पराजित भएको थियो । मंगलबारको हारले बागमतीको सुपर फोरमा प्रवेशको सम्भावना कठिन बनेको छ ।
प्रकाशित: २३ पुस २०८१ १८:२६ मंगलबार





