एन्फा महिला लिगअन्तर्गतको सुपर लिगमा आइतबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले अंक बाँडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीको उक्त खेल गोलरहित बराबरीमा सकिएको हो । पहिलो हाफको २३औं मिनेटमा पुलिसकी पूजा रानाले गरेको गोललाई रेफ्री नविन्द्र महर्जनले मान्यता नदिँदा खेल करिब २५ मिनेट अवरुद्ध भएको थियो । आर्मीकी गोलकिपर अन्जना राना मगरले कलेक्ट गर्नु अघि नै उक्त बललाई पूजाले पोष्टको दिशा दिएको भएपनि रेफ्री महर्जनले फल दिएका थिए ।
लामो विवादपछि सुरु भएको खेलमा दुवै टोलीले गोलका केही अवसर गुमाउँदा अंक बाँड्न बाध्य भएका थिए । लिगको पहिलो चरणमा पनि पुलिस र आर्मीले बराबरी खेल्दै अंक बाँडेका थिए ।
प्रकाशित: २१ पुस २०८१ १८:४९ आइतबार