नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बर्दिया क्षेत्र नम्बर २ बाट लालवीर चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको छलफलबाट चौधरीको उम्मेदवारी टुंगो लागेको हो।
यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लडेका चौधरीले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतको झिनो अन्तरले पराजित गर्दै जित हासिल गरेका थिए। चौधरीले २६ हजार ५ सय २० मत ल्याउँदा पन्थले २६ हजार ३ सय ८४ मत प्राप्त गरेका थिए।
लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बुवा तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठका ससुरा हुन्।
यस्तै, बर्दिया क्षेत्र नम्बर १ बाट भने वामदेव गौतम निर्वाचन मैदानमा उत्रने भएका छन्।
प्रकाशित: ३ माघ २०८२ १९:४० शनिबार





