एन्फा महिला लिगको सुपर ओभरमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको खेलमा विवाद भएको छ । प्रतिस्पर्धात्मक खेलमा २३ औं मिनेटमा पुलिस क्लबले गरेको गोलमा अम्पाएर नविन्द्र महर्जनले फल दिएपछि विवाद सुरु भएको हो ।
डिबक्स एरिया बाहिरबाट प्रहार गरेको प्रिकिकलाई आर्मीकी गोलकिपर अन्जना रानामगरले कलेक्ट गर्न खोज्दा पुलिसका लागि पूजा रानाले पोष्टको दिशा दिएकी थिइन् । गोल गर्ने क्रममा पूजाले गोलकिपर अन्जनालाई फल गरेको निष्कर्षसहित अम्पाएर महर्जनले फल दिएपछि विवाद सुरु भएको हो । अन्जनाले आफूलाई टाउकोमा प्रहार गरेको बताएकी छन् भने पूजाले उनले बल हातमा लिनु अघि नै आफूले गोल गरेकाले मान्य हुनु पर्ने तर्क गरेकी छन् ।
विवादपछि पुलिसका खेलाडीले टचलाइन छाडेका छन् । आर्मीका खेलाडी भने मैदानमै थिए । अपरान्ह ३ बजे सुरु भएको खेलमा २३ मिनेटको खेलपछि रोकिएको थियो । करिब २५ मिनेटको अवरोधपछि पुलिसका खेलाडी मैदान फर्किएका थिए । अहिले भने खेल सुरु भएको छ ।
प्रकाशित: २१ पुस २०८१ १५:४६ आइतबार