३ वैशाख २०८२ बुधबार
image/svg+xml २०:५६ अपराह्न
खेल

क्रिकेटर आरिफ शेखले गरे विवाह

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आरिफ शेखले विवाह गरेका छन्। बिहीबार पर्सा वीरगन्जमै आरिफले सबाना खातुनसँग मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् ।

आरिफ र सबानालाई अहिले उनीहरुका शुभचिन्तकहरूले वैवाहिक जीवनको शुभकामना दिइरहेका छन्। त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, क्रिकेटर सन्दिप लामिछाने, करण केसी लगायत खेलाडीहरुले पनि आरिफ र सबानालाई वैवाहिक जीवनको शुभकामना दिएका छन्।

हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा आरिफ सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

प्रकाशित: १९ पुस २०८१ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App