२३ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

भारत-अष्ट्रेलिया चौथो टेस्ट : ३४० रनको लक्ष्य पछ्याउँदै भारत, केएल र रोहित आउट

मेलबर्न क्रिकेट मैदानमा पाँच खेलको टेष्ट सिरिजको चौथो टेष्ट खेल जारी छ। भारत र अस्ट्रेलिया पाँच खेलको टेष्ट सिरिजमा १–१ को बराबरीमा छन्। अस्ट्रेलियाले भारतलाई ३४० रनको लक्ष्य दिएको छ, जसलाई भारतीय टोलीले सोमबार ९२ ओभरमा पछ्याउनेछ। भारतले दोस्रो इनिङ्समा २३ ओभरमा दुई विकेट गुमाएर ३० रन जोडेको छ। 

यशस्वी जैसवाल र विराट कोहली क्रिजमा छन्। केएल राहुल र रोहित शर्मा प्याट कमिन्सको बलमा आउट भए। पाँचौं दिनको पहिलो सत्रमा अस्ट्रेलियाको टोली दोस्रो इनिङ्समा २३४ रनमा अलआउट भएको थियो। अस्ट्रेलियाका तर्फबाट नाथन लियोन ४१ रन बनाएर आउट भए भने, मार्नस लाबुस्चेनले ७० र कप्तान प्याट कमिन्सले ४१ रन बनाए। भारतका जसप्रित बुमराहले ५ विकेट र मोहम्मद सिराजले ३ विकेट लिए। 

पहिलो इनिङ्समा अस्ट्रेलियाले ४७४ रन बनाएको थियो भने भारतले ३६९ रन बनाएको थियो। जसकारण अस्ट्रेलियाले पहिलो इनिङ्समा १०५ रनको अग्रता दिएको थियो। अष्ट्रेलियामा पछिल्लो दुई सिरिज भारतले जितेको छ। भारतले सन् २०१८–१९ र २०२०–२१ को अस्ट्रेलिया भ्रमणमा टेष्ट सिरिज जितेर इतिहास रचेको थियो। 

दुवै खेलमा भारतले कंगारुलाई २–१ ले पराजित गरेको थियो। बोर्डर–गावस्कर ट्रफी अन्तर्गत भारत र अस्ट्रेलियाबीच हालसम्म १६ टेस्ट सिरिज खेलिएको छ। भारतले यीमध्ये १० टेस्ट सिरिज जितेको छ, जबकि अस्ट्रेलियाले ५ टेस्ट सिरिज जितेको छ। यसबाहेक, भारत र अस्ट्रेलियाबीचको एक टेष्ट सिरिज बराबरीमा सकिएको छ।

प्रकाशित: १५ पुस २०८१ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App