१६ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

भारत–अष्ट्रेलिया टेस्ट : कंगारुलाई छैटौं झट्का, बुमराहले लिए चार विकेट

मेलबर्नमा जारी बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्टमा अष्ट्रेलियाविरुद्धको पहिलो इनिङ्समा भारतीय टोली ३६९ रनमा अलआउट भएको छ। मेलबर्नमा जारी खेलको चौथो दिन अष्ट्रेलियाले दोस्रो इनिङ्समा ६ विकेट गुमाएको छ। हाल मार्नस लाबुसचेन र प्याट कमिन्स क्रिजमा छन्।

जसप्रित बुमराहले एलेक्स क्यारी (२ रन), मिचेल मार्स (०), ट्राभिस हेड (१ रन), र साम कोन्स्टस (८ रन) को विकेट लिएका छन्। योसँगै बुमराहले टेस्ट खेलमा २०० भन्दा बढी विकेट लिए। यसैगरी, मोहम्मद सिराजले स्टिभ स्मिथ (१३ रन) र उस्मान ख्वाजा (२१ रन) लाई आउट गरे।  

आइतबारको खेलमा ३५८ रनको अग्रता लिएर सुरु गरेको भारतले कुल स्कोरमा ११ रन थप्दै ३६९ रन बनाएको छ। अष्ट्रेलियाले पहिलो इनिङ्समा ४७४ रन बनाएको थियो।

प्रकाशित: १४ पुस २०८१ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App