२५ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

एरिका र कुशल सम्मानित

सानेपामा रहेको रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा दुवैलाई सम्मान गरिएको हो । उनीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले दोसल्ला ओढ्याउनुका साथै नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

एरिकाले आफ्नो खेल करियरमा विश्व च्याम्पियनसिपसहित समग्रमा छ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । विश्व च्याम्पियनसिप बाहेक एरिकाले पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्य गरी ८ पदक जितेकी छन् । सबै प्रतियोगितामा पदक जित्दा कुशलनै एरिकाको प्रशिक्षक थिए । कुशल दसौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पनि हुन् ।

सो अवसरमा मेयर महर्जनले विद्यालयले खेलकुद गतिविधिलाई प्राथमिकता दिएकोमा खुशी व्यक्त गर्दै खेल क्षेत्र अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई पहिचान गराउन सक्ने महत्वपूर्ण माध्यम भएको बताए ।

वार्षिक खेलकुद दिवसका अवसरमा फुटबल, कराते, क्रिकेट, जिम्न्याष्टिक, टग अफ वारलगायत विविध गतिविधि भएको थियो ।

प्रकाशित: ९ पुस २०८१ १५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App