३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

एनपीएल पहिलो क्‍वालिफायर : सुदूरपश्चिमविरुद्ध जनकपुरको औसत ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो ब्वालिफायरमा सुदूरपश्चिम रोएल्सविरुद्ध जनकपुर बोल्ट्सले औसत व्याटिङ गरेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले १० ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ६१ रन बनाएको छ ।  

लाहिरु मिलान्था १२ रनमा सुदूरका क्याप्टेन दीपेन्द्र सिंह ऐरीको बलमा एलबीडब्लू धरापमा परे । क्याप्टेन आसिफ शेखलाई भने सेफ जैबले ११ रनमा बोल्ड गरे । शुभ कंसाकार २६ रनमा दीपेन्द्रद्वारा रनआउट भए ।  

नियमित क्याप्टेन अनिल साह घाइते भएपछि जनकपुरको नेतृत्व आसिफ शेखले गरेका छन् ।  

पहिलो क्वालिफायरको विजेताले सिधैं फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायरमा बिहीबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । कर्णाली चितवन राइनोजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा छनोट भएको हो । 

प्रकाशित: ३ पुस २०८१ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App