३ वैशाख २०८२ बुधबार
image/svg+xml २०:३१ अपराह्न
खेल

अस्ट्रेलियाविरुद्ध भारतको निराशाजनक ब्याटिङ, २६ रनमा तीन विकेट गुमायो

अस्ट्रेलियाको ब्रिस्बेनमा जारी तेस्रो टेष्ट म्याचमा घरेलु टोलीविरुद्ध भारतको ब्याटिङ निराशाजनक देखिएको छ।  

तेस्रो दिनको पहिलो सत्रमा भारतीय टोलीले तीन विकेट गुमाएर जम्मा २६ रन जोडेको छ।  

भारतीय ओपनर यशस्वी जैसवाल मात्र ४ रन बनाएर मिचेल स्टार्कको बलमा आउट भए, जबकि शुभमन गिल खाता खोलेर आउट भएका थिए। यी दुवै विकेट अस्ट्रेलियाका मिचेल स्टार्कले लिएका हुन्।  

त्यसपछि मैदानमा पुगेका विराट कोहली पनि ३ रन बनाएर जेसन हेजलवुडको बलमा आउट भए।  

पहिलो इनिङ्समा अस्ट्रेलियाले ४४५ रन बनाएको छ। त्यसको जवाफमा मैदानमा उत्रिएको भारत तेस्रो दिनको खाजाको ब्रेकसम्म २२ रनमा तीन विकेट गुमाएर कठिन अवस्थामा पुगेको थियाे। 

यो पाँच खेलको शृङ्खलामा दुवै टोलीले एक–एक खेल जितेर बराबरी गरेका छन्।  

सिरिजको पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेलमा अस्ट्रेलियाले जितेको छ। सिरिज जित्नका लागि दुबै टोलीका लागि यो खेल महत्वपूर्ण हुनेछ। 

प्रकाशित: १ पुस २०८१ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App