२० पुस २०८२ आइतबार
image/svg+xml
खेल

पदक विजेता टोली पुरस्कृत

एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत बास्केटबल उपाधि विजेता हिमालीलाई ट्रफी प्रदान गरिदै।

सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत विभिन्न खेल विधाका पदक विजेतालाई शनिबार पुरस्कृत गरिएको छ।

एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित खेलकुद सप्ताहमा विभिन्न चार खेल विधाका पदक विजेतासहित मार्च पास्टमा शीर्ष स्थानमा रहने टोलीलाई पुरस्कृत गरिएको हो। छात्र फुटसल, छात्रछात्रा कबड्डी र तानडोरी तथा छात्र बास्केटबलमा प्रतिस्पर्धा भएको थियो। सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलमा आयोजित कार्यक्रमबीच आयोजक कार्यसमितिका अध्यक्ष अमृतकुमार खड्का र उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलापका संयोजक प्रेमकुमार भुजेललगायतले पुरस्कृत गरेका हुन्।

कमलादीस्थित युनिग्लोबमा सम्पन्न छात्र फुटसलमा अमर आदर्श पहिलो, बोधी सदन दोस्रो र निर्मल ज्योति तेस्रो भएका थिए। छात्रछात्रामा कबड्डीको दुवै उपाधि भीमेश्वर एकेडेमीले जित्यो। छात्रमा अर्किड दोस्रो तथा गणेश हिमाल र नेरिक एकेडेमी तेस्रो भए। छात्रामा वेस्ट ग्रुप भिजन दोस्रो तथा अमर आदर्श र ग्रिन लन्स तेस्रो बने। तानडोरीको छात्रमा ज्ञानभूमि, कान्तिपुर र पिक प्वाइन्ट क्रमशः शीर्ष तीन स्थानमा रहे।

छात्रामा कान्तिपुर विजेता, पिक प्वाइन्ट उपविजेता र मिलन धर्मस्थली तेस्रो भए। कबड्डी र तानडोरी भीमसेनगोलास्थित अमर आदर्श स्कुलमा भएको थियो। एपेक्स लाइफ स्कुलमा भएको छात्र बास्केटबलको उपाधि हिमाली बोर्डिङले चुम्यो। साइन मोडेल दोस्रो तथा युनिभर्सल तेस्रो स्थानमा रहे।

मार्च पास्टमा वेस्ट ग्रुप भिजन पहिलो, काठमाडौं सेन्ट्रल दोस्रो र ग्रिन हिल तेस्रो भए। यी तीनले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रूपैयाँ नगदबाट पुरस्कार पाए। मंसिर २१ गतेदेखि सुरु खेलकुद सप्ताहमा एक सय २० भन्दा बढीको सहभागिता रहेको थियो।

प्रकाशित: ३० मंसिर २०८१ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App