१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

जेबी स्कुल र पारामाउन्टको विजयी सुरुआत

आयोजक जेबी स्कुल र पारामाउन्टले बिहीबार प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा विजयी सुरुआत गरेका छन्।

बुढानीलकण्ठ ६, च्यासिन्डोलस्थित घरेलु कोर्टमा जेबीले न्युटनलाई २४–१८ ले पराजित गर्‍यो। जेबीको जितमा भुवन चौलागाईंले ४ अंक योगदान गरे। सुदीप घलेको १३ अंक सहयोगमा पारामाउन्टले नाम्सलाई ४४–१२ ले सहजै हरायो। जुनियर ब्वाइजमै हिमरश्मिले ओडिसीलाई ३१–१६ ले पाखा लगायो। हिमरश्मिका आयुश पोखरेलले ८ स्कोर गरे।

सिनियर गल्र्समा लालीगुराँस नेसनल एकेडेमी, एन्जल्स हार्ट र न्युटनले सफलता पाए। लालीगुराँसले जेबीलाई २६–१८, एन्जल्स हार्टले स्किब्सलाई १७–१५ र न्युटनले वसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई २६–२१ ले पन्छाए।

लालीगुराँसकी सिमरन महर्जनले ७, एन्जल्स हार्टकी सुप्रिया पुनले १० र न्युटनकी इरेना राणाले ८ अंक जोडे। प्रतियोगिताको पूर्वमन्त्री रेशम लामाले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे।

प्रतियोगितामा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२/१२ गरी २४ टोली सहभागी छन्। लिग कम नकआउट पद्धतिमा भइरहेको प्रतियोगिताको फाइनल पुस २ गते हुनेछ।

प्रकाशित: २८ मंसिर २०८१ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App