२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

एनपीएल : काठमाडौंले दियो जनकपुरलाई १०२ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्ससामु रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रनमा अलआउट भयो । सुरुवातबाटै कमजोर ब्याटिङ गरेको काठमाडौंका लागि गेरार्ड इरास्मसले २०, क्याप्टेन करण केसीले १९ र स्टेफन इस्किन्जीले १७ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।  

ललित राजवंशी र शेर मल्लले समान ३, मोहमद मोसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान एक विकेट लिए ।  

जारी लिगमा पाँचौ खेल खेलिरहेको काठमाडौं ४ अंकमा पाँचौ स्थानमा छ । जनकपुर भने ८ अंकमा दोस्रो स्थानमा छ । काठमाडौंविरुद्ध जित निकाल्न सके जनकपुरले एक खेल अगावै प्लेअफमा स्थान बनाउने छ । प्लेअफको सम्भावना कायम राख्न काठमाडौं पनि जित्नै पर्ने दबाबमा छ । 

प्रकाशित: २७ मंसिर २०८१ १४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App