नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको टार्गेट दिएको छ। टस हारेर ब्याटिङमा ओर्लिएको सुदुर निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२३ रनमा रोकिएको हो। टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। सुदूर विरुद्धको खेलमा जनकपुरका किशोर महतोले चार विकेट लिएका थिए।
सुदुरका लागि विनोद भण्डारी ३३, सैफ जेव २१, ब्राण्डेन म्याकलेन ११, स्कट कुगेलेइन ७, आरिफ शेख ले ६ रन बनाउँदा, नरेन साउदले तीन, हर्मित सिंह एक, दिपेन्द्रसिंह ऐरी भने शून्यमा आउट भए।
जनकपुर अहिलेसम्मको अपराजित टोली हो भने सुदूरपश्चिमले एक खेल गुमाएको छ।
जनकपुर यो खेलमा जित निकालेमा २ खेल अगावै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाउनेछ। जनकपुर ४ खेलमा ४ जितसहित पहिलो र सुदूरपश्चिम ३ जित सहित तालिकाको दोस्रो स्थानमा छन्।
प्रकाशित: २६ मंसिर २०८१ १०:४८ बुधबार