४ वैशाख २०८२ बिहीबार
image/svg+xml ०:२ पूर्वाह्न
खेल

एनपीएल : सुदूरपश्चिमविरुद्ध चितवन ब्याटिङ क्रिजमा

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सविरद्ध चितवन राइनोजले अहिले ब्याटिङ गरिरहेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।  यो समाचार तयार पार्दासम्म चितवनले ३ ओभरमा बिना क्षाति १७ रन बनाएको छ । 

सुदूरपश्चिम जारी एनपीएलमा अपराजित छ भने चितवनले तीन खेलबाट चार अंक बनाएको छ ।  

आइतबारको खेलमा जित निकाल्न सके सुदूरपश्चिम ८ अंकमा शीर्ष स्थानमा उक्लनेछ । ८ अंकमा शीर्ष स्थानमा अहिले अर्को अपराजित टोली जनकपुर बोल्ट्स छ ।  

चितवन विजयी भए सुदूरपश्चिमको अपराजित यात्रामात्र टुंगिने छैन, चितवनले अंकसमेत बराबरी गर्नेछ । 

प्रकाशित: २३ मंसिर २०८१ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App