१४ पुस २०८१ आइतबार
image/svg+xml
खेल

एनपिएलः सुदूरपश्चिमद्वारा काठमाडौंसमक्ष १६८ रनको लक्ष्य प्रस्तुत

नेपाल प्रिमियर लिग (एनपिएल) को नवौँ खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजसमक्ष १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ब्रान्डन म्याकमुलनको अर्धशतक, कप्तान दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारीको राम्रो पारीको मद्दतले ६ विकेटको क्षतिमा १६८ रन जोडेको हो।

म्याकमुलनले ३६ बलमा ५३ रन जोड्दा दीपेन्द्रले २५ बलमा ४३ र विनोदले २८ बलमा ३५ रनको योगदान दिए।

काठमाडौंका तर्फबाट रसिद खानले चार ओभरमा २० रन खर्चेर २ विकेट, शाहब आलमले ४ ओभरमा २८ रन खर्चेर एक विकेट कप्तान करन केसीले ४ ओभरमा ४० रन खर्चेर एक विकेट र गेरार्ड एरासमसले २ ओभरमा ९ रन खर्चेर एक विकेट लिए।

प्रकाशित: २० मंसिर २०८१ १४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App