नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्ससामु १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको हो । उसका लागि रवि बोपाराले ५१ रन बनाए । ३८ बलको सामना गरेका उनले समान तीन-तीन चौका र छक्का प्रहार गरे । क्याप्टेन कुशल मल्ले ३८ रन जोडे ।
विपिन कार्की, बास डी लि र रेमन रेइफरले समान २-२ विकेट लिए ।
चितवनले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो भने पोखराको पहिलो खेल हो ।
मंगलबार बिहान भएको खेलमा भने सुदूरपश्चिम रोएल्सले विराटनगर किङ्सलाई ९० रनले पराजित गरेको थियो ।
प्रकाशित: १८ मंसिर २०८१ १४:४१ मंगलबार